Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रले 'नेकपा' खारेजको फैसला पुनरावलोकन गर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले 'नेकपा' एकता खारेज गर्ने सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्ने भएको छ।

कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए ।

अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतले गएको फागुन २३ मा एमाले–माओवादीबीचको एकता खारेज गरी २०७५ नेठ २ कै अवस्थामा पुर्याइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077