Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तस्करीको नयाँ तरिका, धानको बोराभित्र करोडौंको कपडा

पर्सा। जिल्ला सशस्त्र प्रहरी कार्यालय पर्साले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई पक्राउ गरेको छ ।

भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौँ जान लागेको बिआर०६जिबी ४१५६ नंको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब एक करोड मूल्य बराबरको कपडा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जनाएको छ ।

उक्त भारतीय ट्रकमा धानको बोरामुनि सटिङसुटिङ, कुर्ता सुरुवाल, साडीलगायतका कपडा रहेको जनाइएको छ ।

सामानसहित सो ट्रकलाई आवश्यक कारवाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ भने सो ट्रक र सामान काठमाडौँका इन्द्रमलको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077