Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डले ओलीलाई दलाल र मोहोरा भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार
धरापमा परेको बताएका छन् ।

बुधबार धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २३ फागुनमा भएको सर्वोच्च अदालतको फैसलाले गर्दा खतरा अझै नटरेको र नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा परेको बताएका हुन् ।

शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए । तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’

विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको जिकिर गर्दै प्रचण्डले संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्दै आएको बताए ।

प्रतिनिधिसभा विघटनपछि आफूहरुले त्यसका विरुद्ध संघर्ष गरेको र लाखौं जनता सडक संघर्षमा उत्रिएको स्मरण गराउँदै उनले अन्ततः सर्वोच्च अदालतले विघटनको घोषणालाई खारेज गरिदिएको बताए ।

वर्तमान समयमा नेपालीहरुलाई निरीह बनाउने खतरा रहेको भन्दै प्रचण्डले सचेत हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077