Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसले पनि बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी चैत २० गते बस्ने गरि बैठक बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा छलफलगरिने बताईएको छ।

पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्षको मत बाडिएको देखिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहेका छन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल भने जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन् । यद्दपि ठोस कदम भने चल्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077