Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • भारतले कोरोना खोप अब नेपाललगायत अरु देशलाई बिक्री नगर्ने

    भारतले कोरोना खोप अब नेपाललगायत अरु देशलाई बिक्री नगर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप तत्काल अरु देशलाई नदिनले भएको छ । उक्त निर्णयसँगै नेपाललगायतका देशहरु प्रभावित हुने भएका छन् ।

    नेपालले भारतबाट उक्त खोप खरिद गर्दै आएको थियो । थप खोप खरिदका लागि नेपालले भारतीय कम्पनीसित सम्झौता गरेको थियो ।



    अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको बिबिसीले जनाएको छ ।



    भारतमा संक्रमण दर बढ्दै गएपछि अवस्था भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

    भारतमा महामारीको दोस्रो लहर सुरु भएको छ । संक्रमण दर बढ्दो क्रममा छ । यो निर्णयका कारण भारतबाट खोप खरिद गर्दै आएका नेपालसहित विश्वका १९० देश प्रभावित हुने भएका छन् ।

    निर्णयसँगै सेरम इन्स्टिच्युड अफ इन्डियाले एस्ट्राजेनेकोको खोप विभिन्न देशमा पठाउन बन्द गरेको छ । भारतले हालसम्म विश्वका ७६ देशलाई ६ करोड खोप बिक्री गरेको बिबिसीले जनाएको छ ।

    भारतमा बुधबार ४७ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भए भने २७५ जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार