Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चिनियाँ ठेकेदारको आतंक: चोरीको आरोप लगाउँदै नेपाली मजदुरमाथि कुटपिट , ६ घाइते

नवलपुर।  ठेकेदार र मजदुर पक्षबीच कार्यालयमै  कुटाकुट भएको छ ।

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप भएको थियो। झडपका क्रममा  ६ जना घाइते भएका छन् ।

चिनियाँ पक्षले नेपाली मजदुरहरुलाई वार्तामा बोलाएर एक्कासी कुटपिट गरेरेपछि तनाबग्रस्त बनेको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा गएको वताए।

सो क्रममा ६ जना घाइते भएका र उनीहरुलाई अस्पताल पुर्‍याइएको एसपी  मल्लले बताए ।

बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले चिनियाँ ठेकेदारले नेपाली मजदुर पक्षलाई चोरीको आरोप लगाएको वताए। आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको वताए।

नेपाली पक्षले भने चिनियाँले आरोप लगाएको कुरा सत प्रतिशत झुट भएको उल्लेख गरेको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077