Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नेपाल-भारत लजिस्टिकका समस्या समाधानका लागि आग्रह

काठमाडौँ। नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)का महासचिव र नेपाली महावाणिज्यदूतबीच भेटवार्ता भएको छ।

सोमबार संघका महासचिव आरबी रौनियारर नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच कोलकातामा भेटवार भएको हो।

भेटेमा दुई देशबीचको पारवाहन एवं लजिस्टिकका क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको संघका उपाध्यक्ष सुनील केसीले बताए।

केसीले वर्तमान समयमा वाणिज्य क्षेत्रमा रहेका समस्या समाधान गर्न सकेमा नेपाली उत्पादनको लागत घट्ने र मूल्य प्रतिस्पर्धात्मक बनाउन सक्ने बताए ।

यस्तै, भेटमा संघका महासचिव रौनियारले नेपाल–भारत वाणिज्य सन्धि, नेपाल–भारत पारवहन सन्धि तथा नेपाल–भारत रेल सर्भिस एग्रिमेन्टले अहिलेको विश्व व्यापारको मर्मअनुरूप मेल नखाएको बताउँदै त्यसको पुनर्विचार तथा एकीकृत सन्धि गरिनुपर्ने बताए ।

महावाणिज्यदूत पोखरेलले नेपाल–भारत वाणिज्य, पारवहन तथा रसद ९लजिस्टिक०सम्बन्धी संघले दिएका सुझाब अत्यन्त जायज भएको बताउँदै समाधानका लागि पहल गर्ने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077