Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतमा कोरोना संक्रमित बढेसँगै नेपालको सीमामा कडाइ

एजेन्सी। भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको जनाएको छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि भएपछि नेपालले सीमाको अवस्थालाई निगरानी गरिरहेको र त्यसलाई हेरेर थप कदम चाल्ने प्रतिक्रिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले दिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलवार १८ राज्यमा नयाँ ुडबल म्यूटन्टु अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको जनाएको थियो।

एक जनस्वास्थ्यविद्ले सरकारले झारा टार्ने हिसाबले काम गर्न नहुने र विगतबाट पाठ सिकेर बढीभन्दा बढी पीसीआर परीक्षण र जनस्वास्थ्य मापदण्ड पालना हुने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

भारत सरकारका अनुसार स्थानीय स्तरमा बढिरहेको सङ्क्रमणको दर र नयाँ प्रकारको भाइरसबीच कुनै सम्बन्ध तथ्याङ्कले पुष्टि गरि नसकेको बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077