Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • २ नम्वर प्रदेश प्रहरीले यसरी उत्खनन गर्यो ५ फिट गाडेको झा दम्पत्तीको शव

    २ नम्वर प्रदेश प्रहरीले यसरी उत्खनन गर्यो ५ फिट गाडेको झा दम्पत्तीको शव

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । गत फागुन १० गते राती ओछ्यानसहित बेपत्ता पारिएका महोत्तरी पिपरा–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव २ नम्वर प्रदेश प्रहरीले फेला पारेको छ ।

    झा दम्पत्तिको शव घरदेखि ३ किलोमिटर पर ५ फिट खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहले बताए ।



    आज प्रदेश प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर महतोको टोलीले पिपरा गाउँपालिका–२ अतरार जाने बाटोमा जमिनमा पुरिएको अवस्थामा दुई शव फेला परेको हो ।



    ५ फिट तल गाडिएको झा दम्पत्तीको शव प्रहरीले ३२ दिनपछि उत्खनन् गरेर निकालेको हो।

    प्रदेश प्रहरीले बेपत्ता पारिकाएका झा दम्पत्तीलाई कि गाडेको हुनसक्ने कि पोखरीमा फालेको हुनसक्ने आशंकामा ४२ वटा पोखरीमा अनुसन्धान गरेको थियो ।

    त्यसमध्ये ३ वटा पोखरी भने सुकाएर नै अनुसन्धान गरिएको डिआईजी सिंहले बताए ।

    उनले भने–‘अनुसन्धान टोलीले नयाँ माटो थुपारेको जस्तो देखपछि उत्खनन गर्दा शव फेला परेको हो ।’

    डिआईजी सिंहले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘५ फिट तल खाल्डोमा खनेर गाडेको अवस्थामा उनीहरुको मानव कंकाल भेटिएको हो । छिटो सडोस् र गन्ध नआओस भनेर नुन पनि हालेको रहेछ। लामो समयको मिहेनतपछि सफलता हात पार्यौं ।’

    डिआईजी सिंहले झा दम्पत्तीका छोरा मनिषकुमारले शब पहिचान गरेको पनि बताए ।  उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको छ ।

    सरकारी जागिरबाट अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाबाट बेपत्ता भएका थिए।

    झा दम्पती बेपत्ता भएको ४ सातापछि प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो।

    अभियुक्तहरु पक्राउ परेपनि झा दम्पत्ति बारे पत्ता लगाउन नसक्दा प्रहरीलाई टाउको दुखाइको विषय बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार