Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त

    प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा (अहिराज) लाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।



    नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार