Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पद जोगाउने प्रधानमन्त्री ओलीको नयाँ रणनीति, चौधरीलाई भेट्न बस्नेतलाई जेलमै पठाए

    पद जोगाउने प्रधानमन्त्री ओलीको नयाँ रणनीति, चौधरीलाई भेट्न बस्नेतलाई जेलमै पठाए

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँझाएपछि अहिले दुई वटा दलले नै सरकार चलाइरहहेका छन् ।

    नेकपामा हुँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रेर माधवकुमार नेपालसँग मिलेर नयाँ समूह गठन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को माओवादी केन्द्र पनि हालसम्म सरकारमै छ ।



    माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओली नेतृत्वको सरकार अल्पमतमा पर्छ ।



    त्यसैले यतिबेला प्रधानमन्त्री ओली आफ्नो पद जोगाउन जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा भित्र्याउन चाहन्छनन् ।

    त्यसका लागि उनले हरेक तिकडम गर्दै आएका छन् । यदि जसपा सरकारमा नआएको खण्डमा पार्टी फुटाएर भए पनि ओली आफ्नो पद बचाउने अभियानमा छन् ।

    ओलीलाई आफ्नो पद जोगाउन जम्मा १८ जना सांसदको खाँचो छ । त्यसैले पनि उनी जसपा सरकारमा आउन नचाहे फुटाएर भएपनि ल्याउने प्रयासमा छन् ।

    यता, जसपाका केही नेताहरु भने सरकारमा जान खुट्टा उचालेर बसेका छन् । जसपाले आफ्ना नेता रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने पहिलो शर्त राखेको छ ।

    यहि बेला प्रधानमन्त्री ओलीले आफ्नो विश्वासिला युवा नेता महेश बस्नेतलाई जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच भेट्न डिल्लीबजार कारागारमै पठाएको चर्चा छ ।

    यसैबीच, आज बिहान नेता बस्नेत र सांसद चौधरीबीच छलफल भएको छ ।बस्नेतले सांसद चौधरीसँग डिल्लीबजार कारागारमै भेट गरेका हुन् ।

    पछिल्लो समय एमाले र जसपाबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ ।

    हिजोमात्रै गृहमन्त्री रामबहादुर थापाले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरी रिहाइको आन्दोलनमा सहभागी भएर वार्तामा आउन आग्रह गरेका थिए। ।

    पूर्वमन्त्री  बस्नेत गृहमन्त्रालय र सरकारी वकिलसँग समेत आवश्यक परामर्श गरी भेट्न गएको बताइन्छ ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चौधरीमाथिको मुद्दालाई सहज ढंगले अघि बढाउने प्रक्रिया थालनी गरेको सन्देश बोकेर कारागार गएको स्रोतले बताएको छ।

    चौधरीसँगको भेटमा भएको बारेमा भने बस्नेतले जानकारी दिएका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार