Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीमाथि खनिदै महन्थलाई यसरी फकाए प्रचण्डले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारमा जान खुट्टा उचालेर बसेको जनता समाजवादी पार्टी (जसपा)लाई फकाएका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राख्दै जसपालाई फकाएका हुन् ।

कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

उनले भने–‘एक हप्ताभित्र हाम्रो सरकार बन्छ महन्थजी । तपाई हामी भएर सम्बोधन गरौं न, किन ओली कहाँ धाउनुहुन्छ ?’

मधेसका मुद्दा सम्बोधन गर्न आफूले दुई पटक संशोधन प्रस्ताव लैजाँदा पास हुन नदिने केपी ओली नै भएको समेत उनले आरोप लगाए ।

अध्यक्ष प्रचण्डले मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077