Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिदेशीय फुटबलमा नेपाल र बङ्गलादेशबीच आज फाइनल खेल हुने

    त्रिदेशीय फुटबलमा नेपाल र बङ्गलादेशबीच आज फाइनल खेल हुने

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदैछ ।

    दशरथ रङ्गशालामा उक्त खेलमा साँझ ५ बजेर ३० मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेशले भने शीर्ष स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।



    आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।



    नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनल खेलमा नेपाल जित्ने लक्ष्यसहित घरेलु मैदानमा उत्रिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार