Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालले गोल गर्दा उठे प्रधानमन्त्री ओली

    नेपालले गोल गर्दा उठे प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। दशरथ रंगशालामा जारी थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशविरुद्द सुरुवाती अग्रता लिएको छ ।

    जर्सी नम्बर २४ का संजोग राईले १८ औं मिनेटमा बंगलादेशविरुद्ध गोल गरेका हुन् ।



    राईले गोल गर्ने वित्तकै फाइनल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर ताली बजाउँदै खेलाडीहरुलाई हौसल्ला दिएका छन् ।



    खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु, कलाकारहरु रंगशालामा रहेका छन्।

    लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार