Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रिपरिषद बैठक : थ्री नेसन्स कप फुटबलका विजेतलाई जनही चार-चार लाख दिने

    मन्त्रिपरिषद बैठक : थ्री नेसन्स कप फुटबलका विजेतलाई जनही चार-चार लाख दिने

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ। सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार÷चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राससलाई जानकारी दिए ।



    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि जितेको थियो ।



    नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

    यस्तै, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार