Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् ।

सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् ।

सभापति देउवाले शोक वक्तव्‍य जारी गर्दै कांग्रेसले एक अग्रज गुमाएको बताएका छन् ।

दुई दिनअघि मात्र कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको मस्तिष्कघातका कारण मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077