Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारले पूर्व प्रधानन्यायाधीशको सुविधामा एकरुपताका लागि ल्यायो १४ वटा हुन्डाईको 'क्रेटा'

काठमाडौं। सरकारले पूर्व प्रधानन्यायाधीशहरुको सुविधाका लागि एउटै मोडलको गाडी उपलब्ध गराउने भएको छ।

पछिल्लो समय बसेको मन्त्रिपरिषदको बैठकले पूर्वप्रधान न्यायाधीशहरुको सुविधाका लागि एउटै मोडलको गाडी उपलब्ध गराउने निर्णय गरेको थियो।

उक्त निर्णयपश्चात् सोमवार सर्वोच्च अदालतमा एकैखाले गाडी देखिएको छ।

प्रधानन्यायाधीशहरुले फरक फरक मूल्यका गाडी चढ्दै आएको र आफैँ गाडी छनोट गर्ने प्रवृत्ति अन्त्य गर्न र सेवासुबिधामा एकरुपता ल्याउनका लागि सरकारले समान मूल्यका गाडी उपलब्ध गराउन लागेको हो।

नयाँ गाडी आएसँगै यसअघि पूर्व प्रधान न्यायाधीशहरूसँग भएका गाडी जे जस्तो अवस्थामा छन् फिर्ता झिकाउने र नयाँ दिने तयारी भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

ढकालका अनुसार १४ वटा गाडी ल्याइएको छ। ल्याइएका सबै गाडी हुन्डाइ कम्पनीका क्रेटा हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077