Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छुट्न भन्दा जुट्नतिर लाग्दै प्रचण्ड-माधव, आज फेरि २ घण्टा भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज दिउँसो कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच करिव २ घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए ।

नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला र माओवादी केन्द्रले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा रहँदा उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077