Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी र एमालेबीच तिक्तता चर्किदै, बाग्मती प्रदेशलाई दिएको समर्थन फिर्ता

काठमाडौं । पछिल्लो समय देशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र दिने निर्णयले तीब्र रुप लिएको छ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको बागमती प्रदेशको माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको संसदीय दलका नेता शालिक राम जम्मर कट्टेलले बताए ।

प्रदेशमा एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश नगर्ने तर अन्य दलसँगै विपक्षीका रूपमा खडा हुने कट्टेलले जानकारी दिए ।

यसअघि एमालेले कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन फिर्ता गरेको छ भने वागमती प्रदेशमा पनि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077