Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिँदै झाँक्रीले भनिन - हेक्का होस् पृथ्वी गोलो छ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयप्रति कडा शब्दमा आपत्ति जनाएकी छिन्।

सोमबार अध्यक्ष ओलीले पार्टीका दुई नेताहरु माधव नेपाल र भीम रावललाई पार्टीको हित विपरित गतिविधि गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेसँगै नेतृ झाँक्रीले आपत्ति जनाएकी हुन्।

उक्त निर्णयपश्चात् झाँक्रीले अध्यक्ष ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिँदै अरुलाई कारवाही गर्ने, गाली गर्ने अन्तिम अस्त्र रहेको बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत् झाँक्रीले पृथ्वी गोलो रहेको र फर्केर पुन: आफुहरुको पालो आउने उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, 'कमजोरहरूको अन्तिम अस्त्र हो ,जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस्!  पृथ्वी गोलो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077