Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्डको दौडधुप : देउवा, नेपाल र भट्टराईसँग एकैदिन भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

आज दिउँसो देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले बताएको छ।

यसअघि बिहान प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र दिउँसै नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री  माधव नेपालसँग पनि आजै भेटेका छन्।

आज बिहान सर्वोच्च अदालतमा नेकपा एकताका लागि पुनरावोलकन गर्न निबेदन दिएपछि प्रचण्डले भेटघाटलाई तीब्रता दिएका हुन् । प्रचण्डको यसपछिको भेट भने तय भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077