Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो छ आज चैत १८ गते बुधबारको राशिफल

    यस्तो छ आज चैत १८ गते बुधबारको राशिफल

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 2.7K
    SHARES

    मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आफन्तसङ्ग रमाइलो भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।



    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो



    श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मान–सम्मानसमेत प्राप्त हुनेछ ।

    कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज जोश जाँगर र हिम्मत बढ्नेछ । तुर्याईँले बेलिको प्रभावले आँटेको काम हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ पनि हुने समय छ ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला । ( ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार