Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • संसद्‍मा दिलेन्द्र बडूको प्रश्न- प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा कि नैतिक खतरा ?

    संसद्‍मा दिलेन्द्र बडूको प्रश्न- प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा कि नैतिक खतरा ?

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस नगरेकोमा आपत्ति जनाएका छन् ।

    आज बसेको प्रतिनिधिसभाको छैटौं बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि उपस्थित नभएको कारणसहित सरकारका प्रतिनिधिले स्पस्ष्ट पार्नुपर्ने माग गरेका हुन्।



    सभामा बोल्दै सांसद बडुले यसअघि प्रधानमन्त्री ओलीले भनेको स्मरण गर्दै भने, ‘उहाँले आफूमाथि सुरक्षा थ्रेट भएको बताउनु भएको थियो, सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो कि अन्य कारण हो ? भन्दै प्रश्न गरे।



    ‘प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुनसक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, यसमा सत्यता कति छ र यथार्थ के हो ? ’ बडुले सोधे , ‘उहाँको सुरक्षामा गृह मन्त्रालयले थप के–के व्यवस्था गरेको छ, संसद् चलिरहँदा आजसम्म संसद्मा नदेखिनुको कारण सुरक्षा खतरा नै हो कि नैतिक खतरा हो ।’

    यसअघि को बैठकमा सांसद बडुले भारतले नेपालको जमिन मिच्दा सरकार चुप लागेर बसेको भन्दै आपत्ती जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार