Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसदमा चर्कीए बडु, भारतले नेपालको जमिन मिच्दा सरकार किन चुप ?

    संसदमा चर्कीए बडु, भारतले नेपालको जमिन मिच्दा सरकार किन चुप ?

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले भारतले नेपालको जमिन मिच्दा सरकार चुप लागेर बसेको भन्दै आपत्ती जनाएका छन्।

    सांसद बडुले आजको प्रतिनिधिसभा बैठकमा महाकाली क्षेत्रको बारेमा चिन्ता ब्यक्त गर्दै यस्तो बताएका हुन्।



    सुदुरपश्चिमको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा ५ गल्फाइ गाउँको पारिपट्टी भारत सरकाले तीन महिनायता नेपाल सरकारको सहमतिबिना एकतर्फी ढंगले तटबन्ध बनाएको भन्दै तत्काल रोक्नु पर्ने नेता बडुको माग थियो।



    उनले यसबारे नेपाल सरकारलाई पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै आपत्ती जनाए।

    त्यस क्षेत्रको सिडियोलाई पत्राचार गर्दा पनि सुनुवाई नभएकोमा चिन्ता ब्यक्त गर्दै उनले सरकारलाई थाहा भएर पनि थाहा नभएको जस्तो गरेको भन्दै भने, ‘नेपाल सरकार सुतिरहेको छ। यसबारे बेखबर छ। यो काम तत्काल रोकियोस्।’

    केही वर्षअघि बाढी आउँदा नेपालको जमिन भारततिर बगेर गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार