Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल पक्षलाई समानान्तर गतिविधि गरे कारवाही हुने नेता ज्ञवालीको चेतावनी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र असन्तुष्ट रहँदै आएको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई समानान्तर गतिविधि रोक्न आग्रह गरेका छन् ।

आज दिउँसो संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीभित्र असन्तुष्ट रहँदैमा समानान्तर गतिविधि कायम नराख्न आग्रह गरेका हुन्।

प्रवक्ता ज्ञवालीले यदी नेपाल पक्षले अटेर गरेर त्यस्तो गतिबिधि गर्दै जान्छ भने कारबाही हुने चेतावनी समेत दिए ।

उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह समेत गरे।

'पार्टीभित्र समानान्तर गतिविधि गर्दै पार्टीलाई विग्रह, विखण्डित या विभाजित गर्ने कुरा सह्य हुँदैन, पार्टीको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन,' ज्ञवालीले भने।

एमालेको माधवकुमार नेपाल पक्षले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उनले यस्तो भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077