Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ आज चैत १९ गते बिहीबारको राशिफल

    यस्तो छ आज चैत १९ गते बिहीबारको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 2.4K
    SHARES

    मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षको मायामा कमी आउला ।



    वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो



    आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ ।

    मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा

    आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

    सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । प्रशासनिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

    कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

    तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

    वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

    शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

    कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

    मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयरबजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

    मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा हुनेछन् । रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ, त्यसबाट दीर्घकालिक फाइदा पनि होला । ( ज्यो.प नारायणप्रसाद दुलाल)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार