Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रको बैठक पेरिसडाँडामा, सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने भन्ने सन्दर्भमा आज बैठक बसेको हो ।

पार्टीका नेता गणेश साहले जानकारी दिए अनुसार आजको बैठक सरकारलाई दिएको समर्थन फिर्ताबारे केन्द्रित हुनेछ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारको विरोध गर्दै आएको माओवादी केन्द्र नयाँ सरकार बनाउने प्रयासमा लागेको छ।

यस्तै, आजै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा पुनरावलोकनको माग राख्दै सर्वोच्च अदालतमा दिएको निबेदनमाथि पनि सुनुवाई हुने भएको छ।
अध्यक्ष प्रचण्डले गत मंगलबार गत फागुन २३ गतेको सर्वोच्चको फैसला न्यायसंगत नभएको भन्दै अदालतमा निबेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077