Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'संविधानको स्वतन्त्रता अदालतले हरण गरेपछि दलको के औचित्य'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता देव गुरुङले सर्वोच्च अदालतको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नगर्ने फैसला सही नभएको टिप्पणी गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी पुन: एकताका लागि पुनरावलोकन गर्न भन्दै दिएको निबेदनपश्चात् सर्वोच्चले पुनरावलोकन नगर्ने आदेश दिएसँगै यस्तो टिप्पणी गरेका हुन् । तर, सर्वोच्चको फैसला मान्नु पर्ने उनको भनाइ थियो ।

आज सर्वोच्चको फैसलापछि संचारकर्मीहरुसँग बोल्दै नेता गुरुङले भने ‘संविधानले दल खोल्न पाउने स्वतन्त्रता प्रत्याभूत गरेको छ । तर, सर्वोच्च अदालतको यो निर्णयले दल सम्बन्धी गठन र पुनगर्ठन सवै अदालतले गर्ने भएपछि त, दलको के औचित्य रह्यो र रु उनले प्रश्न गरे ।

आफुहरु संविधानले प्रत्याभूत गरेको दलसम्बन्धी अधिकार नै हनन् भयो भनेर अदालतमा गएका थियौं तर पुनवरावलोकन नगर्ने भएपछि त्यो त सही नभएको जस्तो लाग्छ’ गुरुङले भने ।

र्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077