Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्ट्रेलिया पठाई दिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले अस्ट्रेलिया पठाई दिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला तारकेश्वर ८ घर भएका २३ बर्षीय अमित भुसेल रहेका छन् ।

महाशाखामा परेको उजुरीको आधारमा खटिएको प्रहरी टोलीले भुजेललाई काठमाण्डौंको माछापोखरीबाट पक्राउ गरेको हो।

पक्राउ परेका भुजेलले शर्ट टर्म भिषामा २-२ वर्ष कामको लागि १०५ दिनभित्रमा पुरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु भन्दै प्रतिब्यक्ति ६ लाख लाग्छ भनी जम्मा नौ लाख लिई ठगी गरेको भनि काठमाडौं गोकर्णेश्वर ८ का २१ बर्षीय एरिक न्यौपाने र सोही ठेगाना बस्ने वर्ष २५ को निर्देश खड्काले भुसेलविरुद्द उजुरी गरेका थिए ।

पक्राउ परेका भुजेललाई थप अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077