Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई झाँक्रीले हेक्का राखौं- बुई चढ्ने लड्छ भनेपछि...

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरु माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेपछि आक्रोश व्यक्त गरेकी छन्।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेको केही दिन नबित्दै नेताहरू पाण्डे र भुसाललाई पनि बिहीबार निलम्बन गरेपछि नेत्री झाँक्रीले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गरेकी हुन्।

झाँक्रीले ट्वीटमा ‘जसले पार्टी बनायो उसैलाई कारबाही’ गरेको उल्लेख गर्दै उनले ‘साधुलाई सुली र चोरलाई चौतारो’ स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकतादेखि एकता भंगसम्म आयो। यी सबै नक्कली र निश्चित स्वार्थका लागि थिए,’ नेत्री झाँक्री थप्छिन् ‘फेरि जसले पार्टी बनायो, उसैलाई कारबाही ! साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन।’

बिहीबार राति नेत्री झाँक्रीले कसैको बुई चढेर जे गरिँदै छ त्यो गलत गरिँदै छ। हेक्का राखौं– बुई चढ्ने लड्छ। र, षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ भन्दै चेतावनी दिएकी छिन्।

उनले लेखेकी छिन्, 'षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो। यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाहीरु साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य छैन। कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ।'

https://twitter.com/Jhakri_didi/status/1377670244659957769

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077