Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले गुठी विधेयक फिर्ता नगरे म सडकमा गएर विद्रोह गर्छु भनेको थिए : प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले विकास निर्माणका नाममा थिचोमिचो गरेको आरोप लगाएका छन् ।

आज उपत्यकामा आयोजित प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले राज्यले नै नेपाललाई प्रतिगमनतिर लिन षडयन्त्र गरिरहेको आरोप लगाएका हुन्।

स्वर्गीय श्रेष्ठको सभामा प्रचण्डले अहिले भइरहेको विकास विकास नभएर बिकासको नाममा विकृति देखापरेको बताए।

नेवारी समुदायलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेवार संस्कृतिलाई भत्काउन सरकारले गुठी विधेयक ल्याएको पनि आरोप लगाउँदै जनताको आक्रोशका कारण रोकिएको बताए।

'सरकारले गुठी विधेयक ल्याएर विडम्बनापूर्ण काम गर्यो, सरकारले नेवारी सँस्कृति भत्काउने काम गर्‍यो, मैले त्यतिबेला पनि विद्रोहमा जाने भनेको थिए,'प्रचण्डले भने।

फरक प्रसंगमा बोल्दै प्रचण्डले काठमाडौंका सडक फरकाकिलो बनाउने नाममा जनतालाई दुख दिएको बताए।

सरकारले जनतालाई घरवास उठाउन खोजेको उनको भनाइ छ।

'बाटो फराकिलो बनाउने कुरा आवश्यक हो। तर घरवार बिहिन बनाएर भगाउने अधिकार राज्यलाई हुँदैन। बनाउनै परे समुचित मुआब्जा दिएर गरिन्छ। यहाँ त नेवार समुदायलाई जे गरेपनि हुन्छ भनेजस्तो भयो,' उनले भने

प्रचण्डले अहिलेको सरकार 'सेटिङले' मात्रै काम गरिहरेको बताउँदै सामाजिक मुल्य मान्यताले काम नगर्ने सेटिङले मात्र काम गर्ने बेला रहेछ अहिले बिचित्रको सरकार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077