Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौंमा ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी : प्रधानमन्त्री ओली

    काठमाडौंमा ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने अठोट गरेका छन्।

    शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताए ।



    मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने अठोट गरेका हुन्।



    यस्तै, पानी वितरण कार्यको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी आएपछि जनतामा खुशी बढेको बताएकी छन् ।

    मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उनले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताएकी हुन् ।

    उनले मेलम्ची आयोजना सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार