Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसदलाई प्रभाकारी बनाउन लागिपरेको सभामुख सापकोटाको दावी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् ।

आज सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा उनले आफु संसदलाई प्रभावकारी बनाउन लागि परेको बताएका हुन् ।

सभामुख सापकोटाले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदैँ संसदका राम्रा नराम्रा कामको तुलना गर्न समाजलाई आग्रह गरेका छन् ।

त्यस्तै, कार्यक्रमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पुर्याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077