Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अन्तत: प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसमा सहमति

काठमाडौंं। अन्तत: नेपाली कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्रीको राजीनामा माग्ने सहमति भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको हो ।

लामो रस्साकस्सीपछि ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।

ओलीले संसद बिघटन गरेपछि पनि कांग्रेसले ढुलमुले नीति लिएको भन्दै कांग्रेसको चर्को आलोचना हुँदै आएको छ।

कांग्रेसमा देउवा र पौडेल समूहबीच ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने बिषयमा सहमति जुट्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077