Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाश त्याग्न नेपाल पक्षलाई सुर्य थापाको सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी भित्र असन्तुष्ट रहँदै समानान्तर गतिबिधि गर्दै आइरहेको माधव नेपाल पक्षलाई संयमित हुन् सुझाव दिएका छन् ।

नेपाल पक्षले देशव्यापी अभियान घोषणा गर्न लागेकै बेला सामाजिक सञ्जालमार्फत् नेता थापाले अँध्यारो सुरुङमा नेपाल पक्ष फस्दै गएको भन्दै बिजोग हुनबाट जोगिन यस्तो सुझाव दिएका हुन्।

उनले ट्वीटमा लेखेका छन्, 'माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन ! साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !'

https://twitter.com/ThapajiSurya/status/1378211192825475072

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077