Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रद्वारा प्रदेशसभा सदस्य रेग्मीलाई पदमुक्त गर्ने निर्णय

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार पार्टीले प्रदेशसभा सदस्य रेग्मीलाई पत्राचार गर्दै उक्त निर्णय गरेको जनाएको संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले जानकरी दिईन।

दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ नदिएपछि यस्तो निर्णय गरेको प्रमुख सचेतक नेपालीले बताईन।

प्रमुख सचेतक नेपालीका अनुसार रेग्मीलाई एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको हो।

रेग्मी माओवादी केन्द्रको तर्फबाट कार्य व्यवस्था परामर्श समितिमा पनि थिए । अब कार्य व्यवस्था परामर्श समितिमा रेग्मीको ठाउँमा माओवादी केन्द्रले रातो कामीलाई पठाउने निर्णय गरेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077