Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फाइजरको खोप किशोर किशोरीमा शत प्रतिशत प्रभावकारी

    फाइजरको खोप किशोर किशोरीमा शत प्रतिशत प्रभावकारी

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीको निकै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएका छ ।

    हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा अति प्रभावकारी देखिएको हो ।



    खोपले सो उमेर समूहका किशोर किशोरीलाई संक्रमणबाट शतप्रतिशत जोगाउने देखिएको फाइजर–बायोएनटेकले जनाएको छ ।



    गएको बुधबार फाइजर र बायोएनटेकले अध्ययनको संक्षिप्त विवरणसहित वक्तव्य जारी गरेका थिए ।

    किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप सुरक्षित प्रभावकारी देखिएको वक्तव्यमा उल्लेख छ ।

    फाइजर–बायोएनटेकको खोप १६ वर्ष र सो भन्दा माथिको उमेर समूहका व्यक्तिका लागि सुरक्षित र प्रभावकारी रहेको भन्दै यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो र अहिले विश्वका विभिन्न देशमा खोप अभियान जारी छ ।

    तर बालबालिका तथा १५ वर्षसम्मका किशोर किशोरीका सम्बन्धमा भने अध्ययन जारी छ । सोही क्रममा १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीमा खोप सुरक्षित र संक्रमण रोक्न १०० प्रतिशत प्रभावकारी देखिएको हो ।

    अध्ययनको क्रममा १२ देखि १५ वर्षसम्मका २२ सय ६० किशोर किशोरी सामेल थिए । उनीहरु मध्ये आधालाई खोपको दुई डोज तथा आधालाई ‘डमी’ खोपको दुई डोज दिइएको थियो ।

    गएको जनवरीमा सुरु भएको अध्ययनको क्रममा १८ किशोर किशोरीमा कोभिड–१९ को संक्रमण देखिएको र उनीहरु सबै वास्तविक खोप नलगाएका अर्थात ‘डमी’ खोप लगाएका रहेको अध्ययनमा उल्लेख छ ।

    खोप लगाएका व्यक्तिहरुमा भाइरससँग लड्ने एन्टीबडीको विकास अति राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा छ ।

    अध्ययनको नयाँ नतिजासँगै आफूहरु १२ देखि १५ वर्षसम्मको उमेर समूहका किशोर किशोरीका लागि पनि खोप प्रयोगको स्वीकृति प्रदान गर्न अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडिए० लाई आग्रग गर्ने तयारीमा रहेको फाइजरका सिइओ अल्बर्ट बोउर्लाले बताएको टाइमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार