Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फाइजरको खोप १२–१५ वर्षका बालबालिकाका लागि स्वीकृत

    फाइजरको खोप १२–१५ वर्षका बालबालिकाका लागि स्वीकृत

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । युरोपियन युनियनको औषधि नियामक निकाय इएमएले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ ।

    अब इयुका सदस्य राष्ट्रहरुले आफ्नो देशमा के गर्ने भन्ने निर्णय गर्न सक्ने छन् । जर्मनीले बिहीबार नै सो खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको थियो ।



    यो महिनाको सुरुमा अमेरिका र क्यानडाले फाइजर खोप बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेका थिए ।



    विश्व स्वास्थ्य संगठनले युरोपमा खोप अभियान तीव्र पारिनु पर्ने बताएका बेला इयुले शुक्रबार पछिल्लो निर्णय गरेको हो ।

    इएमएका खोप रणनीति प्रमुख मार्को कावालेरीका अनुसार कम्तीमा तीन हप्ताको अन्तरालमा १२–१५ वर्षका बालबालिका किशोरकिशोरीले खोपको दुई मात्रा लगाउनु पर्ने बताएका छन् ।

    अनुसन्धानको क्रममा फाइजरको खोप बालबालिका तथा किशोरकिशोरीमा निकै प्रभावकारी देखिएको पनि उनले बताए । इयुले यसअघि नै फाइजर खोप १६ र सो भन्दा माथिको उमेर समूहका लागि स्वीकृत गरेको थियो ।

    खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

    मोदेर्ना तथा जोन्सन एण्ड जोन्सनले पनि आ–आफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीमा सुरक्षित तथा प्रभावकारी रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

    फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ मिहनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् ।

    ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को सुरुमा तयार हुने दुवै कम्पनीले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार