Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रद्वारा एमाले प्रवेश गर्ने चार सांसदमाथि कारवाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परिवर्तन गर्ने चार प्रदेश सांसदलाई कारबाही गरेको छ । पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कार्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्ती भएका टंक आङ्बोलाई कारबाही तथा पत्र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ । एमाले प्रवेश गरेका रुपन्देहीका न्यौपाने र गुल्मकिा पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो ।

अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रको लुम्बिनी प्रदेससभा संसदीय दलका नो कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।,  कान्तिपुर दैनिकमा  समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077