Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पार्टी छाडेर मन्त्री बनेका आङ्बुहाङ सांसद पदबाट मुक्त

विराटनगर । नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) माओवादीले संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गरेका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई सांसद पदबाट मुक्त गरेको छ ।

आज पार्टीले आङ्बुहाङलाई पदमुक्त गरेको पत्र पठाएर जानकारी गराउँदै  प्रदेशसभामा खबर गर्ने  पार्टीका एक नेताले जानकारी दिए।

गत चैत १७ गते प्रदेशसभा सदस्य आङ्बुहाङलाई  पार्टीको प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो । पदमुक्त भएसँगै स्वत: सांसद पद खारेज हुने भएको छ।

प्रतिनिधिसभा बिघटनपश्चात् विभाजन भएको नेकपाबाट एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ ।

गत चैत १३ गते आङ्बुहाङले मन्त्रीको पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077