Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतले सीमामा बनाएको सुरक्षा पर्खाल दुबै देशले अध्ययन गर्ने

काठमाडौं ।  परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतले नेपाल-भारत सीमामा बनाउँदै गरेको सुरक्षा पर्खाल दुबै देशका नापी विभागले स्थलगत अध्ययन गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले नेपाल-भारत सीमाको महाकाली नदीमा भारतले बनाउँदै गरेको सुरक्षा पर्खालले सीमा मिचेर नमिचेबारे दुबै देशको नापी टोलीले आगामी सोमबार अर्थात अप्रिल १२ मा स्थलगत अध्ययन गर्न लागेको ज्ञवालीले जानकारी दिए ।

पर्खाल बनाउँदा त्यसले दुई देशको सीमालाई मिचेको छ भन्ने प्रश्नहरू उठेपछि गत पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रतिनिधिले सीमामा गएको पर्खालबारे अध्ययन गरेको थियो।

उक्त टोलीले दिएको सुझावका आधारमा दुबै पक्षीय समन्वयमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो।

त्यसै सुझाव अनुरूप सरकारले भारतसँग पत्राचार गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077