Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सिन्धुपाल्चोकमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं । ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुनेछ ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सहआयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

खेल क्षेत्रमा महिलालाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको मेयर भगवती नेपालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई रु एक लाख नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । दोस्रोलाई रु ५० हजार र तेस्रो हुने दुई टिमलाई रु २५-२५ हजार पुरस्कार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077