Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादीबाट मन्त्री बनेका ४ जना सांसदबाटै निलम्बित (पत्रसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाए प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ ।

आज माओवादीको पत्र सचिवालयमा दर्ता भएको माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएको बताए।

पार्टीले यसअघि पाँचै जना मन्त्रीहरुलाई पार्टी परित्यागको स्पष्टिकरण सोधेको थियो तर, उनीहरुले त्यसको जवाफ नपठाएपछि पार्टीले कारवाही स्वरुप पत्र बुझाएको नेता गुरुङले जानकारी दिए।

यसअघि थापा र भट्ट नेकपामा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री बन्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077