Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाग्मती प्रदेशसभा : मुख्यमन्त्रीको राजीनामा माग्दै माओवादी केन्द्रद्वारा बैठक अवरुद्ध

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

आज बसेको बैठकमा केन्द्रले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको अवस्थामा मुख्यमन्त्री डोरमणि पौडेलले नैतिकताका आधारमा पनि राजिनामा दिनुपर्ने भन्दै बैठक अवरुद्ध गरेको हो।

माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाउँदै मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिए ।

प्रदेशसभाको बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि गत माघ ७ गते सातौँ अधिवेशन बैठक शुभारम्भ भई गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भएको थिएयो भने सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभामा कूल ११० जना प्रदेशभाका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077