Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : बायर्न र पीएसजी भिड्दै

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगको दोस्रो दिन अन्तर्गत आज पनि दुई खेलहरु हुँदैछन्।

जसमा साविक विजेता जर्मन क्लव बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा इंग्लिस क्लब चेल्सी र पोर्चुगिज क्लव पोर्टोबीच खेल हुदैछ।

बायर्नले घरेलु मैदानमा पीएसजीसँगको सामना गर्ने छ भने चेल्सीले पोर्टोसँग स्पेनको रामोन सान्चेज मैदानमा खेल्नेछ।

दुबै टिम पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् ।

यसअघि गएराती भएको पहिलो खेलमा रियल म्याड्रिडले लिभरपुलमाथि ३-१को सहज जित निकाल्दै अघिल्लो चरणको यात्रा सहज बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077