Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवतीलाई भिजिट भिसामा विदेश पठाएर अलपत्र पारी फरार राई सीआईबीको फन्दामा

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)ले मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका-५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राई रहेका छन्।

राईलाई बिहीबार साँझ सीआईबीको टोलीले  पक्राउ गरेको डीआईजी सहकुल थापाले जानकारी दिए।     

गत वर्ष (२०७६ चैत २ गते)  उच्च अदालत पाटनको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महाराजगन्जबाट खटिएको सीआईबीको टोलीले  काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । 

जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभन पारी विना श्रम स्वीकृती गैह्रकानुनी तरिकाले २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रकम लिई भिजिट भिसामा यूएईको दुबई पठाएका थिए। 

पीडितको आफन्तले ओमानको सिमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने उजुरी दिएपछि सीआईबी  र दुबईस्थित नेपाली राजदुतावास समेतको सहयोग र सहकार्यमा  पीडितलाई उद्दार गरिएको थियो । 

राईलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको उक्त सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077