Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएल : पहिलो खेलमा आरसीबीसँग मुम्बई इण्डियन्स पराजित

    आईपीएल : पहिलो खेलमा आरसीबीसँग मुम्बई इण्डियन्स पराजित

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं संस्करणको पहिलो खेलमा  रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

    आरसीबीले मुम्बईलाई २ विकेटले पराजित गरेको छ।



    टस हारेर पहिला व्याटिङ गरेको मुम्बईले १५९ रन बनाएको थियो। १६० रन बनाएको आरसीबीको शुरुवात भने राम्रो हुन सकेन ।



    आरसीबीका एबी डिभिलियर्सले २७ बलमा ४७ रन बनाएएर रोमान्चक खेल खेलेका थिए ।

    आरसीबीले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेपनि तीनै पटक उसले हार ब्यहोरेको छ ।

    आरसीबी सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहँदै आएको छ ।

    खेल चेन्नईमा भएको थियो। कोरोना सँक्रमणको दोश्रो लहरले त्रास बढाइरहेको बेला दर्शकहरु भने कम थिए।

    शनिबार दोस्रो खेल मुम्बईको बांखडे मैदानमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार