Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएल : चेन्नइ सुपर किंग्समाथि दिल्ली क्यापिटल्सको जीत

    आईपीएल : चेन्नइ सुपर किंग्समाथि दिल्ली क्यापिटल्सको जीत

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत  दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि बिजयी हासिल गरेको छ ।

    मुम्बइस्थित वाङखेडे स्टेडियममा भएको खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्टसले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइमाथि ७ विकेटले हराएको हो ।



    टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दिल्लीसामु १८९ रनको लक्ष्य टार्गेत दिएको थियो ।



    जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले शिखर धवन र पृथ्बी श को अर्धशतकको सहायतामा १८.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

    चेन्नइका लागि सुरेश रैना अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन जोडे भने मोइन अलीले ३६ रन जोड्दा साम करनले ३४ र रबीन्द्र जडेजाले अभिजित २६ रन जोडे।

    त्यस्तै, दिल्लीका लागि क्रिस ओएक्स र अभेस खानले समान २र२ विकेट लिँदा रविचन्द्रन अश्विन र टम करणले १र१ विकेट लिएका थिए। ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार