Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अमेरिकाले मुद्दा फिर्ता लिएपछि अन्डरवर्ल्ड डन दाउदका मुख्य कमान्डर मोती लन्डनको जेलबाट छुटे

एजेन्सी। अमेरिकाको एक निर्णयका कारण अन्डरवर्ल्ड डन दाउद इब्राहिमका मुख्य कमान्डर मानिने  जाबिर मोतीलाई ठुलो राहत मिलेको छ। जाबिर मोती लन्डनको जेलबाट छुट्न पाएका छन् ।

दाउदको डी कम्पनीका शीर्ष कप्तान मानिने मोतीलाई लन्डनको अदालतले रिहा गर्ने आदेश दिएको छ। रिहापछि जाबीर  पाकिस्तान फर्कने छन् । अमेरिकाले मोतीको बिरूद्धमा धेरै अभियोगहरु फिर्ता लिएको कारण उनी छुट्न लागेका हुन् ।

मोतीमाथि लागुऔषधको तस्करी, मनी लन्ड्रिङ र ब्ल्याकलिङ माथिका अभियोग थिए,जुन अमेरिकाले फिर्ता लियो ।

५३ बर्षका पाकिस्तानी नागरिक उनी जाबीर मोतिवाला, जाबिर सिद्दीकीका नामले पनि परिचित छन्। जाबीर मोतीले प्रत्यर्पण आदेशलाई लन्डन उच्च अदालतमा चुनौती दिए र त्यस फैसलाको पर्खाइमा थिए।

प्रतिवेदनका अनुसार अमेरिकाले यस हप्ता जाबीर मोतीको बिरूद्ध अभियोगहरु फिर्ता लिएको छ, जसका कारण  लन्डन उच्च अदालतले जाबिर मोतीलाई रिहा गरेको छ।

गृह मन्त्रालयले अनुमति दिएपछि मोती जेलबाट रिहा हुनेछन्। त्यस पछि उनी पाकिस्तान जाने सम्भावना छ। हाल गृह मन्त्रालयले उनको मुद्दामा टिप्पणी गर्न अस्वीकार गरेको छ।

पाकिस्तानी मिडियाका अनुसार अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईसँग मोतीमाथि लगाइएको आरोप प्रमाणित गर्न पर्याप्त प्रमाण छैन।

अमेरिकी रिपोर्टले जाबीर मोती दाउद इब्राहिमको शीर्ष कमाण्डर र माफिया ग्याङ्स्टार थिए ।  उनी डी कम्पनी चलाउँछन् र दाउदलाई सीधा रिपोर्ट गर्दथे ।

पाकिस्तानी एजेन्सीहरूले  मोतीलाई बचाउन धेरै प्रयास गरेका थिए ।  मोतीलाई स्कटल्याण्ड यार्डको प्रत्यर्पण इकाईले पक्राउ गरेको थियो।

यसपछि उनलाई मजिस्ट्रेट अदालतमा पेश गरियो।  उनीमाथि डी कम्पनीको कालो धन विदेशमा लगानी गरेको आरोप छ। आफ्नो पक्षमा डी कम्पनीका वकिलले अदालतलाई भनेको थियो कि मोती डिप्रेसनमा छ र उनले धेरै चोटि आत्महत्याको प्रयास गरिसकेका छन् ।

यद्यपि उनी अमेरिका पठाइएको भए पाकिस्तान र दाउदको सम्बन्ध खुल्ने भारतीय मिडियाहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077