Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली बैनाबापत ५० लाख ठगी गर्ने शाही पक्राउ

काठमाडौं। महानगरीय अपराध महाशाखा काठमाडौँले नक्कली बैना कागज तयार गरेर ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेका छन् । 

ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनेर प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको महाशाखाको अनुसन्धानबाट खुल्न आएको छ। 

शनिबार दिउँसो महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट  पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको  महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077